July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

महाकाली नदीको बाढीले खतरा बढ्दै

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:१५
महाकाली नदीको बाढीले खतरा बढ्दै
  • महाकाली नदीको बाढीले सतर्कताको तह पार गर्दै 
  • दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह
  • मापन केन्द्रमा बाढीको सतहले ५-८० मिटर पार गरिसक्यो 

काठमाडौं ।।

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ बाढी मापन केन्द्रमा बाढीको सतहले ५-८० मिटर पार गरेको छ । सो केन्द्रमा बाढीको सतह ७ मिटर पुगेमा खतरा मानिन्छ ।

बाढीले सतर्कताको तह पार गरेपछि भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले पुरानो भइसकेको बनबासा पुलबाट चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भारतीय पक्षले बनबासा पुलबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्