July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेविसंघले देउवालाई नछोड्ने

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १0:५६
नेविसंघले देउवालाई नछोड्ने
  • समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिए
  • असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी
  • शेरबहादुर दाइको घर घेर्न जान्छौं
  • अन्यायमा परेका साथीहरुको माग सम्बोधन

काठमाडौं ।।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् । नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् ।

समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् । नेविसंघका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा जान हामीलाई नदिएपछि त कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई मनोनित गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् । केन्द्रीय कार्यसमितिमा परेका एक विद्यार्थी नेताका अनुसार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोप लागेका योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह मनोनित कार्यसमितिमा नपरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

नाम बताउन नमानेका उनी भन्छन् ‘अहिले हेर्नुभयो भने आन्दोलनको नेतृत्व नै योगेन्द्र रावलले गरिरहेका छन् । आफू नपर्दा अवश्य पनि चित्त बुझ्दैन नै तर उनीहरुले पनि आफूहरु किन परिएन भनेर मनन गर्नुपर्छ ।’

उनीहरुमाथि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेको छ । उनीहरुलाई मनोनित गर्दा नेविसंघ मात्रै नभएर सिंगो पार्टी नै विवादित हुने भएपछि नेतृत्वले उनीहरुलाई मनोनित नगरेको हुन सक्ने ती विद्यार्थी नेताले बताए ।

यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि मात्रै केन्द्रीय समिति पाएका छन् ।

अध्यक्ष शेर्पा भने अन्यायमा परेकालाई समेटेर जाने बताउँछन् । उनी भन्छन् ‘ठूलो संगठनमा यस्ता गुनासो त हुन्छ नै तर सबैलाई समेटेर लाने प्रयास हुन्छ । अन्यायमा परेका साथीहरुको माग सम्बोधन हुन्छ ।’

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्