May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

नियम उल्लंघन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:५0
नियम उल्लंघन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

काठमाडौं- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स नै चाहिने बताएका हुन्।

नागरिक एपमा जोडिएपछि अब चालकले लाइसेन्स बोक्नु नपर्ने सन्देश जानेगरी समाचार सार्वजनिक भएपछि यस विषयमा कार्यालयले सूचना जारी गरी स्पष्ट पारेको उनले उल्लेख गरे।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुन्छ तर ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिकरुपमा सक्कलै लाइसेन्स आवश्यक पर्ने व्यहोरा जानकारी गराईन्छ।’

ट्राफिक नियम उल्लङ्घन नगरेको अवस्थामा मात्रै नागरिक एपमा जोडिएको लाइसेन्सले काम गर्ने जनाइएको छ। नियम उल्लङ्घनपछि भने यसअघि झैँ सामान्य अबस्थामै जसरी सक्कल लाइसेन्सको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट