October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १0:३४
पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड
  • सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास
  • शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो
  • ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी

काठमाडौं ।।

आज साउने सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायतका काम गर्दछन् । धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

गतेका हिसाबले आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा . बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्,’ उनले भने ।

उनका अनुसार साउन महिना जनैपूर्णिमाको दिनमात्र सकिन्छ । यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ । ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परे,’ उनले भने ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
त्यसअघि भदौ ४ गते नागपञ्चमीको दिन पनि सोमबार परेको छ । नागपञ्चमीको दिन सोमबार पर्नु झनै शुभ मानिने डा. शास्त्री बताउँछन् ।

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट