May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

चाइल्ड केयरका सञ्चालकबाट नै यौन दुर्व्यवहार

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:४१
चाइल्ड केयरका सञ्चालकबाट नै यौन दुर्व्यवहार
  • बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ
  • ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक
  • प्रतिकार गर्न खोज्दा बालिकालाई निलडाम हुने गरी कुटपिट

 काठमाडौं ।।

ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका-८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार, उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ ।

‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने, ‘उनविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।’ पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।