April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अन्तर्राष्ट्रिय साहसी महिलामा सविता उप्रेती छनौट

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १२:५८
अन्तर्राष्ट्रिय साहसी महिलामा सविता उप्रेती छनौट
  • सामाजिक अभियान्ता सविता उप्रेती
  • अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट
  • पुरस्कार न्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने

 काठमाडौं ।।

अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आयोजना हुने १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने छ । उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रूपमा काम गरेको, युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ठूलो व्यक्तिगत जोखिम उठाएर र त्याग गरेर शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तिकरण तथा बालबालिकाको सेवामा काम गर्ने विश्वभरका महिला यो पुरस्कारका लागि योग्य मानिन्छन् । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो । सबिता उप्रेतीले १३ वर्षदेखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन् । हाल यस संस्थाको काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छ ।

ती तीन ठाउँमा गरी ६० जना बालबालिका र किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवा प्रदा नगर्ने गरिन्छ । जागिरको क्रममा फिल्डमा जाँदा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङ्लो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर सविताले त्यस्ता बालबालिकाको सेवामा काम गर्ने प्रेरणा पाएकी थिइन् । उप्रेतीले नेपाल सरकारबाट जनसेवा श्री पदक (समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) पनि पाइसकेकी छन् ।

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।