May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रहरी नै प्रहरीको हिरासतमा

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १३:३0
प्रहरी नै प्रहरीको हिरासतमा
  • बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग
  • धनुषाको लालगढमा स्थानीय बासिन्दाद्वारा  राजमार्ग अवरुद्ध 
  • सुरक्षाका लागि खटिने प्रहरीद्वारा नै बालिकामाथि यौन दुर्व्यवहार

जनकपुरधाम ।।

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले आरोपित प्रहरी जवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

आरोपी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै स्थानीय वासिन्दाले मिथिला नगरपालिका -ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं- ९ का वडाध्यक्ष सविनविक्रम थापाले बताए ।

थापाका अनुसार प्रहरीको ड्रग शाखामा कार्यरत रुपेश चौधरीसहित दुई जना प्रहरी कर्मचारी गाउँ आएका थिए । त्यतिबेला बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।

राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्नुपर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले माग राखेका थिए । तर मादक पदार्थ सेवन गरेको वा नगरेको स्वास्थ्य जाँच गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा नल्याएको भन्दै राजमार्ग अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट