sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:५७
वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ
  • सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किए
  • भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहरिए 
  • अकुत सम्पत्ति कमाएकोले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

धनगढी ।।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् । प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए । ‘अदालतबाट सफाइ पाएपछि उहाँ (बिष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो । मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्ने गरी खटाएको छ,’ केसीले भने ।

झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका थिए । विशेष अदालतले बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश  बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।

बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid