May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

भन्सारबाट सुन जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँ हो : छानबिन निष्कर्ष

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:१७
भन्सारबाट सुन जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँ हो : छानबिन निष्कर्ष
  • हेलचेक्र्याइँका कारण नै भन्सारबाट जाँच पास भएर सुन बाहिरियो 
  • सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी 
  • भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष

काठमाडौं ।।

भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा सावधानी नपुगेका कारण तस्कर समूहले ल्याएको सुनको जाँच पास गराएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो । विभागले गोप्य राखेको उक्त प्रतिवेदनमा भन्सारबाट सुनको जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँले भएको दाबी गरिएको छ ।

‘भन्सारको प्रणालीबाट सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी र हेलचेक्र्याइँ हो,’ विभाग स्रोतले भन्यो, ‘यस्तो भुल सुधारका लागि तत्काल भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।’

अनुुसन्धान प्रतिवेदनले देखाएको कमजोरी सुधार गर्न विभागले आवश्यक पहल थालेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘प्रतिवेदन पाएका छौं, सोही प्रतिवेदनका आधारमा विमानस्थल भन्सारको कमी कमजोरी सुधार गर्न १७ बुँदे निर्देशन पनि जारी भइसकेको छ,’ महानिर्देशक पौडेलले भने ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।