sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता हुँदै

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:४७
नेपालमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता हुँदै
  • रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने
  • प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुने
  • प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्ने
  • १६ जना युवा खेलाडीले एकै पटक खेल्ने अवसर पाउने

काठमाडौं ।।

ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

ब्याडिमन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको यस प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्नेछ । संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।

भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू-१५ र यू-१७ मा गरी व्यक्तिगत र टिम स्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ । यू-१५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यू-१७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा खेल हुनेछ । यू-१५ र यू-१७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।जसमा हरेक देशका ८-८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् ।

व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid