sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल भ्रमण गर्न बंगलादेशीहरु लर्को लागेर आए

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १५:४५
नेपाल भ्रमण गर्न बंगलादेशीहरु लर्को लागेर आए
  • ७ सय जना कर्मचारीहरु घुमफिरका लागि नेपाल आए 
  • डिलर एण्ड सेल्स कन्फ्रेन्स’ को नाममा यो भ्रमण आएको 
  • बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने

 काठमाडौं ।।

बंगलादेशको एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको छ । बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो ।

शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरे । उनीहरुलाई पञ्चेबाजाले स्वागत गरिएको हो । बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल सभा सम्मलेनका लागि पनि आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो भ्रमणले ठूलो भूमिका खेल्ने बोर्डका सञ्चार संयोजक टीपी भुसालले बताए । उनका अनुससार यो टोलीले काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेछ ।

नेपालमा चार दिनसम्म रहँदा बंगलादेशी टोलीले आफ्नो कम्पनीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा सम्मेलन समेत आयोजना गर्नेछ । ‘पहिलो पटक कुनै कम्पनीले घुमफिरको प्रयोजनमा यति ठूलो समूह नेपाल पठाएको छ,’ भुसालले भने, ‘उनीहरुलाई नेपालमा पहिलो आतिथ्य अविस्मरणीय बनाउन बोर्डले भव्य स्वागत गरेको हो ।’

यो टोलीलाई नेपाली गाइडहरुले काठमाडौं आसपासका क्षेत्रमा घुमाउने छन् । उनीहरु स्वयम्भु, पाटन दरवार, चन्द्रागिरि, धुलिखेल र भक्तपुर भ्रमणमा जाने छन् । पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमन निरन्तर बढ्दैछ ।

जुलाई २०२३ मा २६ सय ९६ जना पर्यटक नेपाल आएका थिए । जुनमा यो संख्या २४ सय २ थियो । मेमा २१ सय ६४, अप्रिलमा २२ सय १७, मार्चमा २४ सय ६६, फेब्रुअरीमा १९ सय ७ र जनवरीमा २४ सय ६८ जना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid