May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज

सुन तस्करीले खोलेका ७ कम्पनीमा सीआईबीले अनुसन्धान गर्ने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १२:५९
सुन तस्करीले खोलेका ७ कम्पनीमा सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं ।।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ । २ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । यो समूहले ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता सामानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ । अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसधान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको समेत उनले सुनाइन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।