April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ

उपसभामुखले गर्दा मुख्यमन्त्री थापालाई विश्वासको मतमा बाधा पुग्यो : राजेन्द्र राई

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १६:२६
उपसभामुखले गर्दा मुख्यमन्त्री थापालाई विश्वासको मतमा बाधा पुग्यो  : राजेन्द्र राई
  • उपसभामुख सृजना दनुवारको कारण मुख्यमन्त्री थापालाई विश्वासको मतमा बाधा पुग्यो 
  • उपसभामुखले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप
  • अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीद्वारा बैठक सञ्चालन

विराटनगर ।।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन बाधा पुर्‍याएको टिप्पणी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन गर्दै उनले उपसभामुखले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप लगाए ।

सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीले बैठक सञ्चालन गरेका छन् । ‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला । तर कतै यो बिमारी नाटक र बहानाबाजी त होइन भन्ने आशंका गर्न सकिन्छ’, उनले भने ।

मुख्यमन्त्रीले प्रदेशसभामा आफ्नो अनुकुल समयमा विश्वासको मत लिन सक्नेमा उपसभामुखले एक दिन पछाडि सारिदिएको राईले बताए । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुखले सोमबारका लागि बैठकको मिति तोकेकी थिइन् ।

‘सदनको बहुमतमा छु भन्ने देखाउनका लागि संवैधानिक बाध्यता नहुँदा पनि मुुख्यमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्छ । त्यसको व्यवस्थापन गरिदिने दायित्व सभामुख र उपसभामुखको हो’ उनले भने, ‘त्यसैले मुख्यमन्त्रीले तोकेको दिन, तोकेको समयमा विश्वासको मत लिने प्रबन्ध गरिदिनुपर्ने थियो ।’

एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राईले अगाडि भने, ‘मुख्यमन्त्रीले मागेको समय क्रस गरेर विश्वासको मतका लागि समय तोक्ने काम पहिलो पटक भएको छ, यो सामान्य कुरा छैन । संसारको कुनै पनि संसदमा यस्तो भएको छैन होला ।’

प्रदेशसभामा मत विभाजन हुँदा मत तलमाथि गर्ने हिसाबले उपसभामुखले मुख्यमन्त्रीले मागेको समयमा बैठक नराखेको उनले बताए । उपसभामुखले ९ जना प्रदेशसभा सदस्यको बिदा स्वीकृत गर्ने उद्देश्यले मुख्यमन्त्रीले चाहेको समयमा विश्वासको मत लिन नदिएको राईले बताए।

 

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।