April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

उपसभामुखमाथी लाञ्छना लाग्नुमा एमालेको आपत्ति

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १७:0४
उपसभामुखमाथी लाञ्छना लाग्नुमा एमालेको आपत्ति
  • उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना
  • मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदै
  • सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौंमा 
  •  मुख्यमन्त्रीलाई विश्वासको मत लिन उपसभामुखले  बाधा पुर्याएको आरोप

विराटनगर ।।

नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदैछन् । सोमबार बिहान उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौं आएकी छन् ।

सत्ता गठबन्धन दलका नेताहरुले उपसभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाधा  पुर्याएको आरोप लगाएका थिए । तर एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले उपसभामुखले जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गरेको दाबी गरे ।

मुख्यमन्त्रीले सूचना सचिवालयमा दर्ता गर्नुभयो, उहाँले ४ गतेलाई समय तोक्नुभयो । समय तोक्दिन १३ गते कटाइदिन्छु भन्नुभएन’ भण्डारीले भने, ‘सभामा आउँदिन, अरुको भूमिका पनि तोक्दिन । १३ गते कटाइदिन्छु भन्नुभएन ।’ उपसभामुखले आफू बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएर काठमाडौं गएको उनले बताए ।

‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं । तपाईहरुसँग बसेर सारा प्रमाण पेश गरेमा माफी माग्नुहुुन्छ’ भण्डारीले प्रश्न गरे, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हल्का टिप्पणी गर्नु उचित हुँदैन ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।