sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुख्यमन्त्री उद्धव थापालाई प्रतिपक्षी दलहरुले पारे फसाद !

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:१५
मुख्यमन्त्री उद्धव थापालाई प्रतिपक्षी दलहरुले पारे फसाद !
  • प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
  • विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरे

विराटनगर ।।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

बैठक सुरु भएलगतै बोलेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिस्कार गर्ने बताए । उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

सभाध्यक्षले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिस्कार गरेको बताए । त्यसपछि एमाले सांसदहरुले ‘असंवैधानिक कदम मुर्दाबाद’ भन्दै संसदबाट बाहिरिएका थिए ।

बुधबारको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो ।

तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् । सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि नेकपा एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्की रिट लिएर सर्वोच्च पुगेका छन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid