sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बस्तीमा छिरेको चितुवाले कीर्तिपुर हल्लायो

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:0१
बस्तीमा छिरेको चितुवाले कीर्तिपुर हल्लायो
  • कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल
  • कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भाग्यो 
  • चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका व्यक्तिको उपचार हुँदै 

काठमाडौं ।।

कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भागेपछि वनको टोली पनि त्यहाँबाट फर्किएको छ ।

गएराति करिब एक बजेतिर कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेको थियो । त्यहाँभित्र सुतिरहेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । प्रतिरक्षा गर्दा चितुवाको च्यापुनेरको भागमा पनि चोट लागेको छ । स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए भने उक्त चितुवालाई खोरभित्रै थुनेर राखेका थिए । चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो । प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई लागेन । पाँचौपटक प्रहार गर्ने तयारी भइरहेको बेला चितुवा आफैं खोरको माथिल्लो भागबाट निस्किएर भागेको थियो ।

डिभिजन वन कार्यालयका एक जना अधिकृत अशोक पराजुलीका अनुसार राम्रोसँग निशाना नलाग्ने ठाउँमा चितुवा सुतिरहेको थियो । उनले भने, ‘डार्ट गलत ठाउँमा लाग्यो भने जनावर मर्ने जोखिम हुन्छ । त्यसैले जहाँ मन लाग्यो त्यहाँ डार्ट हान्न मिल्दैन । पछि चितुवा आफैं खोरबाट निस्किएर भाग्यो ।’ चितुवा भागेर मकैबारी हुँदै खोल्सातिर गएको छ । प्रत्यक्षदर्शीका अनुसार चितुवाको च्यापुको भागमा चोट लागेको छ ।

कीर्तिपुरमा चितुवा भेटिएको स्थान कीर्तिपुर र थानकोटको सिमानामा पर्दछ । सुरुमा थानकोट एरियामा रहेको भन्दै रातभर थानकोट प्रहरीको टोलीले चितुवाको निगरानी गरेको थियो । आज बिहान कीर्तिपुरको एरियामा पर्ने जानकारी पाएपछि फेरि कीर्तिपुरको प्रहरी टोली पनि सो स्थानमा गएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid