May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

क्यान्सरको कारण पूर्वमन्त्री खेमराज भट्टको निधन

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:३२
क्यान्सरको कारण पूर्वमन्त्री खेमराज भट्टको निधन
  • पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
  • क्यान्सर रोगबाट पीडित भट्ट
  • गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेता
  • त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष

काठमाडौं ।।

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति  काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले चुनाव लड्नु भएन । उहाँ गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ ।

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फाेट गराएको थियो । उहाँ त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । जनवादी मोर्चाबाट उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक-पटक जेलसमेत पर्नु भएको थियो  । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट