July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्रीको भारत भ्रमण आज तेस्रो दिन, भोलि ४ : २० बजे स्वेदश फिर्ता

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १२:४९
प्रधानमन्त्रीको भारत भ्रमण आज तेस्रो दिन, भोलि ४ : २० बजे स्वेदश फिर्ता

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । आजै प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपालले भेट गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।

केही परियोजनाको उद्घाटनसमेत गरेका थिए । प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए । हिजै नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गरेका थिए । भ्रमणको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका थिए । नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए ।

भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्