काठमाडौं ।।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न आग्रह गरेका छन् ।
माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले एकथरी व्यक्तिहरू सरकारको कामबाट विछिप्त भएको भन्दै त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु गर्नु पर्ने बताए ।
‘सरकारले गरेका राम्रा कामबाट विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्,’ उनले भने, ‘त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’