sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेरा दु:खले भरिएका आँखामा बस्नु काबुल तिमी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४८
मेरा दु:खले भरिएका आँखामा बस्नु काबुल तिमी

प्रसिद्द अफगानी पप स्टार आरयना सइदलाई किम कार्डेशिन अफ अफगानिस्तान  भनिन्छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनी अमेरिकी सैनिक जहाज चढेर कतारको दोहा पुगेकी छन्।

‘मेरो दुःखले भरिएका आँखामा बस्नू…’ भन्ने गीत गाएर युवामाझ लोकप्रिय भएकी आर्यनालाई देश छोड्ने रहर थिएन। तर उनका लागि यो बाध्यता थियो। आवश्यकता थियो। समयले दिएको र विगतले पढाएको पाठको एउटा दुःखद आवश्यकता थियो।

आर्यना सइदको गीतमा नाच्ने काबुल यतिबेला निष्प्राण भएको छ। काबुल चिसोमा पनि कठयाङरिएन। तालिबानको बन्दुक र बारूदले रोकिएन। तर तालिबान‍ साशित हुने भएपछि प्यारालाईज्डझैं भएको छ। टुलुटुलु हेरेर आँशु बगाउनुबाहेक अरू केही गर्न सक्दैन।

न्यूयोर्क बसेर अफगानिस्तानका खबर हेरिरहँदा एउटै प्रश्न मनमा आइरहेछ- के अफगानिस्तान साँच्चै एउटा देश या मुलुक थियो त? मलाई लाग्दैन अफगानिस्तानले कहिल्यै देश बन्ने अवसर पाएन। अफगानिस्तान सधैं देश बन्नका लागि तड्पिरह्यो।

मेरो विचारमा ‘अफगानिस्तान इज अ नेसन इन मेकिङ’ उसको यो मुलुक बन्ने प्रयास  झन कठिन  र थप जटिल भएको छ। भुगोल या सिमाना मात्र देश हुँदै हुन्न।  यहाँका जनतालाई साशकले कहिल्यै माया गरेनन्। जनतालाई प्रजातन्त्र कहिल्यै दिएनन्।

अफगानी जनता त्यहाँको साशन व्यवस्थाको केन्द्र बनेनन्। ६० को दसकमा अफगानिस्तान केही आधुनिक देखिए पनि त्यो अल्पकालिक थियो। अफगानिस्तान सदैव कट्टरपन्थीको कुदृष्टिमा रहिरह्यो।

अफगानिस्तानको इतिहासमा जियो-पोलिटिक्स, अन्तर्राष्ट्रिय शक्तिको नाङ्गो नाचका विश्लेशण थुप्रै भईसके र भई रहनेछन्। म त्यता तिर जान चाहन्नँ। मलाई भत्किँदै गरेको मानव समाजले पिरोल्छ। आज अफगानी समाज निकै नराम्ररी टुट्दैछ।

मेरा लागि देश एक सामुहिक सोच हो। जब कुनै पनि मुलुक पुरूषको चिन्तन र स्वार्थबाट अगाडि बढ्छ त्यहाँ ढिलो चाडो दुर्घट्ना हुन्छ। यसो भनिरहँदा संसारका कुनै देश यस खतराबाट मुक्त देखिँदैनन्। केवल मात्राको फरक हो। जसले यो सत्यलाई मनन् गर्छ त्यो देश दिगो विकास र प्रगतिको मार्गमा अग्रसर हुन्छ।

पितृसत्ता एक खतरनाक हतियार हो, जसले गर्ने निर्माण पनि विध्वंशकारी हुन्छ।  धर्मले पनि पितृसत्तालाई नै बढावा दिन्छ। जब धर्म राजनीतिको मुख्य आधार बन्छ त्यो कम शिक्षीत र गरिब देशमा आत्मघाती सावित हुन्छ। यही अवस्थालाई बुझेर बाहिरी शक्तीले चल्खेल गर्न थाल्छन्। धर्म धारण गर्न योग्य नभई साशन गर्ने हतियार बन्छ। यसले समस्यालाई यति जटिल बनाउँछ कि, कतै समाधान देखिन्न।

तालिबान यस्तै धर्मबाट पोषित पितृसत्तात्मक सोच हो। तालिबान पितृसतात्मक सोचको अन्तिम उच्चतम बिन्दु हो। तालिबानले महिलालाई पूर्णतया पर्दामा राख्न चाहन्छ। महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरबाट टाढा राख्न चाहन्छ।

साहित्य, संगीत कलाबाट दुर गर्न चाहन्छ। तालिबान महिलाको सौदर्य र स्वतन्त्रतालाई अश्लिल मान्छ। महिलाको शरीरबाट आत्मालाई अलग गर्न चाहन्छ। कुनै पनि सभ्यता या समाजको यो भन्दा ठूलो अवसान यात्रा अरू हुनै सक्दैन।

तालिबानले बीच चौराहामा मान्छेको घाँटी रेट्नू, हात काट्नु, आँखा फोड्नु, चाहेजति श्रीमती राख्नुलाई ईश्वरको इच्छा या ‘विल अफ गड’ मान्छ।

देशलाई स्थायीत्व दिनु, सुशासन दिनुको शर्त महिला अधिकार र स्वतन्त्रताको हनन् कसरी हुनसक्छ? तालिबानले महिलालाई आफू अनुकुल प्रयोग गर्न चाहन्छ। महिलाको दमनमा सभ्यता र संस्कृति देख्ने कोही पनि स्वस्थ्य मानव हुन सक्दैन। यो रोग हो जो संक्रामक छ। विगतको अनुभवलाई हेर्दा तालिबान पनि यस्तै एक रोग हो।

तालिबान महिलालाई अनागरिक बनाउन चाहन्छ। तालिबान भन्छ- शेरिया कानून भित्र महिलालाई स्वतन्त्रता। यो भनेको कालकोठरी भित्र स्वतन्त्रता र सुख दिन्छु भनेजस्तै हो।

यति सानो कुरा अमेरिकी राष्ट्रपतिले नबुझ्ने कुरै हुन्न। जो बाइडेनलाई राम्रै थाह छ, अफगानिस्तानमा तालिबानको आगमनले सबैभन्दा पीडित महिला हुनेछन्। समाज पुनः पछाडि जानेछ।

यसैबीच अमेरिकी राष्ट्रपतिले आफ्ना सैनिक फिर्ता बोलाउनु आफ्नो देश र जनताको हितमा रहेको गर्भका साथ घोषणा गरे। यो अमेरिकी राजनीतिको चरित्र हो। आफ्नो देश र  जनताको सुरक्षा गर्नु कुनै पनि राष्ट्रप्रमुखको धर्म हो। यसो भनिरहँदा उनले एउटा ठूलो धर्म बिर्सिए- मानव धर्म। उनले कुशलतापूर्वक भनिदिए, ‘अफगानी आफैंले लड्न नसक्ने युद्व अमेरिकी सेनाले किन लड्ने?
मलाई लाग्छ- राष्ट्रपतिको वक्तब्यमा एउटा पुरूषको स्वर थियो। उनको लागि अफगानिस्तान पुरूषको देश हो।

बाइडेनले आफ्नो देश र जनताको हितमा काम गरेको दाबी गर्छन्, तालिबानले पनि त्यही दाबी गर्ने गरेको छ। उनलाई थाह छ, अफगानिस्तानमा युद्व अब मात्र सुरू भएको छ। यस युद्वले पृथ्वीलाई जीवन र सृजना सिकाउने सुन्दरतम् रचना नारीलाई क्षत विक्षत बनाउनेछ। उनीहरूको मानव जन्मलाई अर्थहिन बनाउने छ।

अमेरिकी राष्ट्रपति अफगानिस्तानमा कहिल्यैं अन्त्य नहुने युद्व सुरू गरेर आफूलाई युद्वविरोधी साबित गर्ने असफल प्रयास गर्दैछन्। यो युद्व महिला मुक्तिको युद्व हो।

म अफगानिस्तानको पछिल्लो समस्यालाई राजनीति, धार्मिक, सासन ब्यवस्थाको मुद्दा बनाउन चाहन्नँ। अब मेरा लागि यो देश भन्ने अवधारणामा पुनर्विचार गर्ने समय हो। के महिला पुरूषबाट साशित हुन मात्र जन्मिएका हुन त? जसले चाहयो जसरी चाहयो उनीहरू माथि हुकुम गर्न पाउने होर?

अफगानिस्तान फेरि पितृसत्ताको कुरूप अनुहार बन्ने सम्भावना छ। अब लैंगिक  समानता अध्ययनको विषय मात्र बन्नु हुँदैन।

विश्वभरका न्यायप्रेमी जनता, नेता, प्राज्ञ, सबैले अफगानी महिलाको स्वन्त्रताका लागि लड्नुपर्छ। एक हुनुपर्छ। अफगानिस्तानको पितृ सत्तामाथि धाबा बोलेर विश्वकै पुरूषवादी सोचलाई परास्त गर्ने कठिन तर इतिहास रच्ने बाटोमा अग्रसर हुनुपर्छ।

विश्वभरका नागरिकले अफगानी महिलाको समानता र मुक्तिका लागि एउटा सहयोग कोष बनाउनुपर्छ लैङ्गिक समानताका लागि वकालत गर्ने विभिन्न संघ संस्थाले विश्वव्यापी रणनीति बनाउनुपर्छ र वृहत अभियान चाल्नुपर्छ। हरेक व्यक्ति महिला समानाताको अधिवक्ता बन्नुपर्छ।

यसले तत्काल प्रभाव नपारे पनि एउटा सोच निर्माणको प्रकृया सुरूआत हुन्छ। अन्याय विरूद्ध उठेका सोचले कुनै पनि दमनकारी शक्तिलाई अवश्य परास्त गर्नसक्छ।

मानवता, न्याय र शान्तिको कुनै सिमा हुँदैन। हामीले हाम्रो मन र आत्मालाई सिमारहित बनाउनुपर्छ। महिला स्वन्त्रता केवल महिलाको स्वतन्त्रता होईन। यसले पुरुषलाई कुन्ठा, विकृत सोच्, घृणा र शारीरिक शक्तिको अहंकार, पासविक प्रवृत्तिबाट मुक्ति दिलाउनेछ।

युद्वको आवश्यकता पर्ने छैन। राजनीतिले नयाँ परिभाषा पाउनेछ। दुःखले भरिएका अफगानी महिलाको आँखामा सुन्दर अफगानिस्तानको नयाँ चित्र कोरिनेछ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid