November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सामान्य पेट दुखेको बालिकाको अस्पतालमा मृत्यु भएपछि…….

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:२0
सामान्य पेट दुखेको बालिकाको अस्पतालमा मृत्यु भएपछि…….
  • बालिकाको मृत्यु भएपछि तनाव
  • प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु
  • अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन

गुल्मी ।।

गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको छ । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् ।

बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए । अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्