May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संसदीय विशेष समिति बनाउने तयारी

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० ११:२0
संसदीय विशेष समिति बनाउने तयारी
  • संसदीय विशेष समिति बनाउने तयारी
  • विशेष समिति बनाउने विषयमा दलहरु सहमत

काठमाडौं ।।

राजनीतिक दलहरुले संघीय संसदमा संघीयता कार्यान्वयन सम्बन्धी छुट्टै संसदीय विशेष समिति बनाउने तयारी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार विशेष समिति बनाउने विषयमा राजनीतिक दलहरुका बीचमा ‘एक प्रकारको सहमति’ बनिसकेको छ ।

नेकपा माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीका अनुसार विशेष समितिको मोडालिटीका विषयमा भने दलहरुका बीचमा कुरा मिलिसकेको छैन । उनी भन्छिन्, ‘बिभिन्न कोणबाट रायहरु प्रस्तुत भएका छन् । तर संघीयता कार्यान्वयनको अवस्थासँग जोडिएका कारण यसको महत्वमा दलहरु सहमत छन् ।’

राजनीतिक रुपमा मुलुक संघीयतामा गएको झण्डै एक दशक हुन लागिसकेको तर संघीयता अनुरुप प्रशासन संयन्त्रदेखि राज्यका अन्य धेरै संयन्त्र परिवर्तित नभइसकेको र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरु नै नबनेको अवस्थालाई ख्याल गरेर विशेष समिति बनाउन खोजिएको उनको भनाइ छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० मा संशोधन प्रस्ताव दर्ता गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीयता कार्यान्वयन सम्बन्धी छुट्टै संसदीय विशेष समिति बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

विशेष समिति बनाउन संयुक्त नियमावलीमा राख्न आवश्यक नरहेको तर्क गर्दै दलहरुले फिर्ता लिन आग्रह गरेका थिए । त्यसबेला नै दलहरुका बीचमा संघीयता कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्नका लागि विशेष समिति बनाउने सहमति भएको नेताहरु बताउँछन् ।

हाल संघीय संसदमा १६ वटा समिति छन् । दुई वटा संयुक्त समिति छन् । संयुक्त समितिको सभापति निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । संयुक्त समिति बनाउँदा संघीयता कार्यान्वयन सम्बन्धी विशेष समिति गठन गर्ने दलहरुको तयारी छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट