sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पदाधिकारीलाई नै त्रिविको कार्यकक्षमा प्रवेश निषेध

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १५:३५
पदाधिकारीलाई नै त्रिविको कार्यकक्षमा प्रवेश निषेध
  • इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने
  • विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध
  • पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग

काठमाडौं ।।

अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ । अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई-आईओएमसँग सम्बन्धित १-१ वटा पूर्ण आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्ने, प्रधानमन्त्री, शिक्षामन्त्री त्रि. वि.को कुलपति र सह-कुलपति हुने व्यवस्था खारेज हुनुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग राखेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए । बुधबार त्रिवि पदाधिकारी तथा विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको थियो ।

हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधि सहितको गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले दिएको सुझावको आधारमा कायम हुने शुल्क लागू गर्न सबै सहमति हुने लगायतको विषयमा सहमति भएको थियो ।

तर, त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच भएको उक्त सहमति नमान्ने भन्दै विद्यार्थी तथा आईओई प्रतिनिधि सहितको नयाँ छलफल हुनुपर्ने माग राख्दै अनेरास्ववियुले विरोध गर्दै आइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid