April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

पदाधिकारीलाई नै त्रिविको कार्यकक्षमा प्रवेश निषेध

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १५:३५
पदाधिकारीलाई नै त्रिविको कार्यकक्षमा प्रवेश निषेध
  • इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने
  • विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध
  • पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग

काठमाडौं ।।

अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ । अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई-आईओएमसँग सम्बन्धित १-१ वटा पूर्ण आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्ने, प्रधानमन्त्री, शिक्षामन्त्री त्रि. वि.को कुलपति र सह-कुलपति हुने व्यवस्था खारेज हुनुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग राखेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए । बुधबार त्रिवि पदाधिकारी तथा विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको थियो ।

हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधि सहितको गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले दिएको सुझावको आधारमा कायम हुने शुल्क लागू गर्न सबै सहमति हुने लगायतको विषयमा सहमति भएको थियो ।

तर, त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच भएको उक्त सहमति नमान्ने भन्दै विद्यार्थी तथा आईओई प्रतिनिधि सहितको नयाँ छलफल हुनुपर्ने माग राख्दै अनेरास्ववियुले विरोध गर्दै आइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।