May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेशको बहस १९ गते सक्ने सर्वोच्चको तयारी

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:३१
कोशी प्रदेशको बहस १९ गते सक्ने सर्वोच्चको तयारी
  • कोशी प्रदेशको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी 
  • मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन 
  • प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने

काठमाडौं ।।

कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ । आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।

 


इजलासको नेतृत्व गरेकी न्यायाधीश सपना प्रधान मल्लले भनिन्, ‘आज तपाईंहरु (निवेदक) को कुरा सुन्छौं, भोलि सरकारी वकिल र विपक्षीहरुका कानून व्यवसायीहरुको पालो हुनेछ ।’

उनले प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने बताइन् । सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरुले ४ घण्टा आफ्ना कुरा राख्न पाउनेछन् । कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा। कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट