WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-818df6-44dc9.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं ।।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधाको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने बताएका छन् । उनले लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।’
बालेन खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन् । क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका उनले नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी नै आश्चर्यमा परेको बताएका छन् ।

‘यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?’ श्रींलंकाको अध्यागमनका कर्मचारीले प्रश्न गरेको भन्दै उनले लेखेका छन्, ‘ श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए ।’
स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बिचमा र भारतीय समर्थकको संख्या ४०-५० जना जति पाएको उनले बताएका छन् । नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले बताएका छन् ।

