May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

चरेससहित ४ जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:५८
चरेससहित ४ जना पक्राउ
  • डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ
  • चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान हुँदै 

धनगढी ।।

कैलालीमा करिब डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको डीएसपी विश्वकर्माले बताए । चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।