sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भलिबल खेलाडीलाई वितरण गरियो मासिक तलब

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:५९
भलिबल खेलाडीलाई वितरण गरियो मासिक तलब
  • पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाए
  • मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण
  • संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान

काठमाडौं ।।

नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् । अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।

संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान गरेको छ । अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् ।

संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो । संघले २४ खेलाडीका लागि तलब दिने छ । नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ ।

पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरे । महिला टिमकी कप्तान अरुणा शाहीले भनिन्, ‘मैले खेल्न थालेको १४-१५ वर्ष भयो, पहिलो पटक यस्तो काम भएको छ ।’ पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन रहेको बताए ।

खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid