sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रे

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२0
भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रे
  • भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन
  • अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरे
  • प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप

काठमाण्डौ ।।

पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरेका छन् । आज र भोलि कार्गो जाँचपास शाखामार्फत् हुने निकासी तथा पैठारीको काम बन्द गर्ने उनीहरुको कार्यक्रम रहेको छ ।

२७ गतेभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने कर्मचारीले पेस गरेको मागपत्रमा उल्लेख छ । मागपत्र र विरोधका कार्यक्रमबारे उनीहरुले विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराएका छन् ।

विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप छ । कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको भनाइ छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले यसअघि सामूहिक सरुवाको माग गर्दै निवेदन पनि दिएका थिए ।

कार्यस्थलमा डर त्रास विना, निर्भिक रुपमा उच्च मनोबलका साथ काम वातावरण हुनुपर्ने तथा अनुसन्धान गर्ने विभिन्न निकायले विना प्रमाण, पक्राउ पुर्जी अनुमति नलिइ कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने पनि उनीहरुको माग छ । प्रहरीले विना प्रमाण केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid