November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्दै डा. केसी

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:३७
भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्दै डा. केसी
  • भदौ २९ गतेबाट डा. गोविन्दले ‘सत्याग्रह’ सुरु गर्ने घोषणा
  • डा. गोविन्द केसीको विज्ञप्ति नै जारी

काठमाडौँ ।।

डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन् ।सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन्।

यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको उनले बताए।

सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिवद्धताहरू कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौ ।’

-प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका बेला हामीले बारम्बार योग्यतम मानिसलाई नियुक्त गर्न तथा राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्व हावी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका थियौं।

विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम् राजनीतिक दबाबका बीच, माफियाहरुको घेराबन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन सक्नुको मुख्य कारण नै यसका पदाधिकारीहरुको निःस्वार्थ भुमिका थियो। त्यही भुमिकाका कारण मेडिकल माफियाहरुको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः नियुक्त नगरेर दण्डित गरेको छ।

अब आएर कुनै अमुक राजनीतिक दलको दलगत, गुटगत वा अन्य स्वार्थ हावी हुने हो वा नियमन हुनुपर्ने संस्था र तिनका लगानीकर्ताहरु आयोगको कार्यसम्पादनमा हावी हुने हो भने त्यसले चिकित्सा शिक्षाको मुख्य नियामक निकायलाई धराशायी बनाउने निश्चित छ।

अहिले प्रष्टसँग त्यो जोखिम देखिने गरी माफिया र विभिन्न स्वार्थ समुहहरुले चिकित्सा शिक्षा आयोगलाई घेराबन्दी गरिरहेका छन्। आयोग र चिकित्सा शिक्षा ऐनका कारण नर्सिंग लगायतका विषयहरुमा विद्यार्थी बाहिरिएको भनेर चौतर्फी हल्ला पिटिरहेका छन्। जबकी आयोगले हालसम्म कानुनमा उल्लिखित आफ्नो कर्तव्यअनुसार सबै खाले कोर्सका कलेजहरुका लागि मापदण्ड कार्यान्वयन गरेको मात्रै हो। संसदले नै बनाएको कानुन कार्यान्वयन गर्दा आयोगमाथि सांसदहरु नै खनिनु तथा आयोगको नियमनका कारण विद्यार्थी बाहिरिए भनेर दुष्प्रचार हुनु निन्दनीय कुरा हो।

नेपाल सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगोलिक र जनसंख्याका हिसाबमा इलाम, उदयपुर र डडेल्धुराजस्ता ठाउँहरुमा थप सरकारी मेडिकल कलेज खोल्ने भनेर सरकारले हामीसित सम्झौता गरेको दशक बितिसक्यो। समयमै ती संस्था खुलेको भए अहिले वर्षेनी हजारौं डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरु निःशुल्क वा कम शुल्कमा उत्पादन भएर देशभर खटिरहेका हुन्थे। तर २०७५ सालमा चिकित्सा शिक्षा ऐनमा लेखिएअनुसार यही वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने भन्ने काममै मेडिकल माफियाको स्वार्थमा चल्ने सत्ता र प्रतिपक्षका मुख्य नेताहरुले अवरोध गरिरहेका छन्। सबैजसो भौतिक पुर्वाधार पुर्याइसकेको र तत्काल सञ्चालनमा आउनुपर्ने गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामसमेत माफियाहरुको स्वार्थमा रोकेर राखिरहेका छन्। बरु उल्टै मापदण्ड नपुगेका निजी कलेजहरुलाई सम्बन्धन दिलाएर आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर धराशायी बनाउन चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब दिइरहेका छन्।

यो अवस्थामा आयोगका नवनियुक्त उपाध्यक्षले कुनै दलीय, गुटगत तथा स्वार्थ समुहको स्वार्थमा त काम गर्ने हैनन् भन्ने आशंका पैदा भएको छ। नियुक्त हुनु अगाडिसम्म उनी निजी संस्थाहरुको लगानी तथा प्रशासनिक भुमिकामा रहेकाले पनि अहिले उनको स्वार्थको द्वन्द्वसम्बन्धी त्यस्ता प्रश्नहरु उठेका छन्। यो अवस्थामा देशमा मेडिकल शिक्षाको गुणस्तर धराशायी बनाएर व्यापार मात्र गर्न चाहने माफियाहरुले उनलाई माध्यम बनाएर चिकित्सा शिक्षा सुधारमा हालसम्मका उपलब्धि उल्ट्याउने जोखिम बढेको छ।

यी सारा आशंकाहरुलाई चिर्ने तथा जोखिम हटाउने र पदीय मर्यादा कायम गर्ने जिम्मेवारी अहिले आयोगका निवनियुक्त उपाध्यक्षको काँधमा छ। पदीय मर्यादा प्रतिकुल वा कुनै स्वार्थ समुहको स्वार्थअनुसार चिकित्सा शिक्षा ऐनको प्रतिकुल हुने गरी कुनै पनि काम भयो भने त्यसका लागि सम्बन्धित पदाधिकारीलाई कसरी जवाफदेही बनाउने भन्ने हामीलाई राम्रैसँग थाहा छ।

हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं। एकीकृत प्रतिष्ठान ऐन ल्याउने, पदाधिकारी नियुक्तिका मापदण्डको कानुनी व्यवस्था गर्ने लगायतका ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा तथा सबै खाले स्वास्थ्य जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा ऐन अनुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगालिक र जनसंख्याका आधारमा इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने सुनिश्चितता नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं।

डा गोविन्द केसी
२०८० भदौ २५

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्