sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेम्वाङको आसनमा फूलमाला राखियो

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:११
नेम्वाङको आसनमा फूलमाला राखियो
  • नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै 
  • आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ रहेनन् 
  • उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाए 

काठमाडौं ।।

नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।

संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकपछि नेम्वाङको शव नेपाली सेनाको टोलीले त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याएको छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid