May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

इजरायलले जमिन, समुद्र र हावालाई पनि नछोड्ने

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:३९
इजरायलले जमिन, समुद्र र हावालाई पनि नछोड्ने
  • इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गर्दै 
  • नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थाले
  • सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने
  • आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु

काठमाडौं ।।

इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । इजरायली सेनाले गाजामा जमिन, समुद्र र हावाबाट आक्रमण गर्ने योजना बनाएको बताएको हो । तर, आक्रमण कहिले गर्दै छ भन्ने समय भने खुलाएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अग्रमोर्चामा रहेका सैनिकहरूलाई ‘दोस्रो चरण आउँदैछ’ भन्दै जमिनबाट आक्रमण सुरु हुने बताएका छन् । इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनीहरूलाई उत्तरमा आक्रमण गर्ने भन्दै दक्षिणतिर जान भनेको छ । उत्तरी गाजाका नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थालेका छन् ।

संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरूलाई २४ घण्टाभित्र उत्तरी गाजा छोड्नको लागि दिएको आदेशलाई लिएर इजरायलको निन्दा गर्दै खारेज गर्न माग गरेको छ । राष्ट्र संघले यसलाई मानवताविरुद्धको अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन भएको भन्दै यो मृत्युदण्ड बराबर हुने चेतावनी दिएको छ । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कन्रिकसले सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने भनेका छन् ।

गत असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ । इजरायलले गाजा पट्टीमा गरेको जवाफी आक्रमणमा दुई हजार २०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । यहाँ आठ हजारभन्दा बढी मानिस घाइते भएका छन् । यसबीच अमेरिकी रक्षा विभाग पेन्टागनले पूर्वी भूमध्यसागरमा दोस्रो ‘क्यारियर स्ट्राइक समूह’ पठाएको छ । अमेरिकाले यहाँ लडाकु विमानहरू पनि पठाइरहेको छ । इजरायलको आक्रमणमा सहभागी हुने उद्देश्यले नभएर इरान र हिजबुल्लाह जस्ता अन्यलाई द्वन्द्वमा प्रवेश गर्नबाट रोक्नका लागि त्यहाँ युद्धपोत र लडाकु समूह पठाइरहेको अमेरिकाले जनाएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट