May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तीर्थ चिलुवाल वाणिज्यको महानिर्देशकमा नियुक्त

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:३४
तीर्थ चिलुवाल वाणिज्यको महानिर्देशकमा नियुक्त
  • वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन
  • ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गर्यो 
  • जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइयो 

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ भने मन्त्रालयकै ४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

जसअनुसार वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाललाई पठाइएको छ । चिलुवाल यसअघि अख्तियारको इटहरी प्रमुख थिए । अर्थ मन्त्रालयका राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरेको अनुभव छ ।

यस्तै कम्पनी रजिष्ट्रारमा दिवश आचार्य आएका छन् । उनी यसअघि सूचना आयोगमा थिए । यस्तै वाणिज्य विभागबाट मन्त्रालय तानिएका गजेन्द्र ठाकुरलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखामा पठाइएको छ त्यहाँ रहेका सहसचिव लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको छ ।

बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ । योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट