May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

सुवास नेम्वाङको अन्त्येष्टिका लागि निकालिएको शवयात्रा

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० ११:३९
सुवास नेम्वाङको अन्त्येष्टिका लागि निकालिएको शवयात्रा

काठमाडौं : संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ । नेम्वाङको निजी निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरू भएको हो।

बालुवाटारबाट सुरू भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीर राखिएको थियो। त्यसपछि उनको पार्थिव शवलाई बालुवाटारस्थित निवासमा लगिएको थियो।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।