sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:३६
प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ

बुधबार बेलुकी सितापाइलामा रहेको सिके सिनेमाज्मा आयोजित फिल्म ‘नाङ्गो गाउँ’को प्रिमियरमा पुगेका फिल्मीकर्मी र मिडियाकर्मीले यसको बिषयवस्तुको तारिफ गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजम लगायत पुगेका थिए । प्रिमियरमा पुगेका अधिकांशले यसले देखाउन खोजेको बिषयवस्तुलाई आम दर्शकले हेर्नुपर्ने बताए ।

प्रिमियरमा पुगेका गायक राजेश पायल राइले सामाजिक संजालमार्फत यो फिल्मको तारिफ गरेका छन् । उनले, एउटा उत्कृष्ट फिल्म आफूले हेर्न पाएको र आम मानिसले यो फिल्म हेर्नुपर्ने तर्क गरे ।

यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेल लगायतले पनि फिल्मको बिषयवस्तु शक्तिशाली रहेको बताए । यो फिल्मले निर्वाचनमा भोट दिनु अगाडि सय पटक सोच्न जनतालाई सचेत गराएको उनीहरुको भनाई थियो । यस्तै, नायक कुन्साङले फिल्मलाई शत प्रतिशत रेटिङ दिने भन्दै एउटा राम्रो कथामा फिल्म हेरेको बताए ।

प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेका थिए । उनीहरुले प्रिमियरमा पाएको प्रतिक्रियाले उत्साहित भएको तर्क गरे ।

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो फिल्ममा जय श्रेष्ठको लगानी छ भने फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

यो फिल्ममा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु निकै उत्साहित भएको निर्देशक दीपेन्द्र लामाले बताए ।

यसअघि पनि सामाजिक कथामा नै फिल्म निर्देशन गर्दै आएका लामाले यसपटक जनतालाई सचेत गराउने काम फिल्ममार्फत गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid