May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

पूर्वसांसद डा. ढाकाकुमारको भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति प्रहरीको फन्दामा

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:0२
पूर्वसांसद डा. ढाकाकुमारको भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति प्रहरीको फन्दामा
  • भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जनालाई पक्राउ
  • फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरियो 
  • २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइने 

पोखरा ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।

रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए । आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।