May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १0:१७
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?

काठकाडौं। विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको वर्षा भइरहेको छ । ब्याट्सम्यानहरुले यस आइपिएलमा बलरमाथि निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । जसका कारण बलरहरु निराश र असहाय देखिन्छन् ।

यस आइपिएलले टी–२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण शुरु गरेका छन् । यस आईपीएलमा बुधबारसम्म ४० खेल सकिदा १२३१ चौका र ७१२ छक्का प्रहार भएको छ । जबकी २०२३ को आईपीएलमा २१७४ चौका र ११२४ छक्का प्रहार भएका थिए । यो वर्षको आईपीएल सिजनको करिब आधा बाँकी छ । यस्तो अवस्थामा गत वर्षको कीर्तिमान यस वर्षको आईपीएलमा तोडिने निश्चित छ ।
आईपीएलको प्रारम्भिक चरणमा १५० देखि १६० को स्कोरलाई डिफेन्डेबल मानिन्थ्यो । तर, आज यो स्कोर बनाउने टोलीले १० मध्ये ८ खेलमा हार बेहोरेको छ । टी-२० क्रिकेट शुरु भएको १७/१८ बर्षमा कुनै पनि टोलीले २०० वा सोभन्दा बढी रन बनाउनु सामान्य बनेको छ ।

आइपिएलको यो सिजनमा खेलिएका ४० खेलमा टोलीले २१ पटक २०० भन्दा बढीको आँकडा पार गरेका छन् । १० खेल भएका छन् जसमा दुवै टोलीको संयुक्त स्कोर ४ सय नाघेको छ । अचम्मको कुरा, दुई खेलमा कुल रन ५ सय नाघेको थियो । त्यति मात्रै होइन । यस आईपीएल सिजनमा प्रति ओभरको औसत रन रेट १० रहेको छ ।

यस सिजनमा धेरै रन बनाउने टिममा सनराइजर्स हैदरावाद अगाडी रहेको छ । यो सिजनमा हैदरावादको टोलीले एकपछि अर्को गर्दै धेरै कीर्तिमान बनाएको छ ।

दिल्ली क्यापिटल्स विरुद्धको आफ्नो पहिलो खेलमा हैदरावाद सनराइजका ब्याट्सम्यानले पावर प्ले (६ ओभरमा) मा १२५ रन बनाए, जुन यसअघि कहिल्यै भएको थिएन । यसको औसत २०.८३ प्रति ओभर रन छ, जुन आश्चर्यजनक छ ।

हैदरावादले यो सिजन तीन पटक एक इनिङमा २५० भन्दा बढी रन बनाएको छ । रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध उसले २८७ रन बनायो, जुन आईपीएलमा अहिलेसम्मकै सर्वाधिक स्कोरको कीर्तिमान हो । यसले यो सिजनमा नै ३०० को स्कोर लिमिट पनि पार गर्न सक्ने संकेत गर्छ ।

टी–२० म्याचको मूडले धेरै रोमाञ्चक खेलहरूको ग्यारेन्टी दिन्छ । ब्याट्सम्यानले निरन्तर ब्याटिङ गर्ने अपेक्षा गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १0:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट