May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झडपमा १ को मृत्यु, ३ जना गम्भीर घाइते

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४१
झडपमा १ को मृत्यु, ३ जना गम्भीर घाइते
  • मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु
  • राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते
  • मदिरा सेवन गरेका मजदुरहरुविच धारिलो हतियारसहित झडप

बुटवल ।।

रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारेमा केही बताएको छैन । प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट