April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गैंडा तथा बाघको चोरी तस्करी हुनुमा उपराष्ट्रपति चिन्तित

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:२३
गैंडा तथा बाघको चोरी तस्करी हुनुमा उपराष्ट्रपति चिन्तित
  • अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने
  • वनको दिगो व्यवस्थापन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती
  • नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने

काठमाडौं

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सवै गम्भीर हुनुपर्ने बताए। वनको दिगो व्यवस्थपन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको उनले बताए।

उनले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको धारणा राखे। हालै गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको विषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए। उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गरे।

 

 

 

 

 

 

 

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।