May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:४९
स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै
  • स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी गर्दै
  • प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी 
  • युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना

काठमाडौं ।।

आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको हो ।

त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ । ‘स्थानीय तह कर्मचारी सरोकार फोरम’को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो । प्रस्तावित आन्दोलनका कार्यक्रम अनुसार ७ असोजमा जिल्ला स्तरीय संघर्ष समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी छ ।

त्यसपछिका माग सम्बोधन नहुँदाका दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र कार्यालयमा ठूलो ब्यानर टाँसेर आधा दिन ‘पेन डाउन’ गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । यसबीचमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतक समक्ष मागपत्र बुझाएर ध्यानाकर्षण गराउने र राष्ट्रिय स्तरका ट्रेड युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना छ ।

१२ असोजदेखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ । संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताउँछन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट