sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब मन्त्री किराती र मेयर बालेन बेथिति अन्त्यका लागि लड्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:१२
अब मन्त्री किराती र मेयर बालेन बेथिति अन्त्यका लागि लड्ने
  • सुदन किराती र मेयर बालेन्द्र शाहबीच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने 
  • मन्त्री किराती र महानगरका मेयरबीच बेथिति अन्त्यका लागि सहकार्य तयारी
  • पार्किङ र धर्मशाला दुवैको सम्झौता नतोड्न मन्त्री किरातीलाई दबाब

काठमाडौँ ।।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने भएको छ।  पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहेका मन्त्री किराती र महानगरका मेयरबीच बेथिति अन्त्यका लागि सहकार्य तयारी भएको हो।

हाललाई क्षेत्र विकास कोषको नाममा रहेको बनकालीस्थित पार्किङ र मारवाडी सेवा समाजले उपभोग गर्दै आएको गौशालास्थित भवनलाई जीटुजी मोडलमा सञ्चालन तयारी भएको छ। वनकालीस्थित पार्किङ २०७८ साउन २० गते तत्व इन्भेष्टमेन्टले तीन लाख ४४ हजार ८ सय ७४ मा ठेक्का लिएको थियो।  उक्त कम्पनीले ३४ लाख ७४ हजार एक सय १९ रुपैयाँ वक्यौता नतिरेपछि ठेक्का रद्द गरिएको थियो।

त्यस्तै गौशलास्थित ९ रोपनी जग्गामा सुविधा सम्पन्न भवन मारवाडी सेवा समितिले वार्षिक ५१ हजारमा उपभोग गर्दै आइरहेको थियो। धर्मशालालाई व्यवसायिक प्रयोजनमा लगाएर लाखौँ आम्दानी गर्दै आएको समितिसँगको सम्झौता पनि पशुपति क्षेत्र विकास कोषले खारेज गरिसकेको छ। पार्किङ र धर्मशाला दुवैको सम्झौता नतोड्न मन्त्री किरातीलाई दबाब आएको थियो।

मन्त्री किरातीनिकट स्रोतका अनुसार गौशलास्थित धर्मशालालाई पशुपतिको गुरु योजनाको आधारमा परम्परासहितको प्रभावकारी सेवा प्रवाह गर्न महानगरसँग सहकार्य गरिने भएको छ। त्यस्तै वनकालीको पार्किङलाई आधुनिक ढंगले सुविधा सम्पन्न बनाएर जीटुजी मोडलमा सञ्चालन गरिने छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid