May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आगलागी हुँदा मुगुमा ६ घर स्वाहा

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:0९
आगलागी हुँदा मुगुमा ६ घर स्वाहा
  • गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट
  • शनिबार बिहान करिब १ बजे आगलागी
  • मानवीय क्षति भने नभएको 

सुर्खेत।।  

मुगुको  सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार बिहान करिब १ बजे आगलागी भएको हो। विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा पनि सल्किएको प्रहरीले जनाएको छ।

आगलागीबाट प्रदीप रावल, पुतली मल्ल र सान्तोना खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मानवीय क्षति भएको छैन।अधिकांश काठैकाठले बनेका उक्त घरहरूमा रहेका कम्प्युटर पसल, कपडा पसल, मोबाइल पसल, टेलर पसल र हेएर कटिङलगायत अन्य खुद्रा पसलका सम्पूर्ण सामान जलेका छन्।

आगलागी नियन्त्रण गर्न जोडिएको अर्को एक स्थानीयको घर भत्काइएको छ। उक्त घर पुरै क्षति भएको प्रहरीले जनाएको छ।

 

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।