May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला

सर्लाहीमा ४ दिनदेखि निरन्तर कर्फ्यु

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:२0
सर्लाहीमा ४ दिनदेखि निरन्तर कर्फ्यु
  • अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिइयो 
  • कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान

काठमाडौँ ।।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।  विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ।

गएको बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन्। अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।‘यहाँ अझै पनि सुरक्षा सम्बेदनशीलता छ,’ सीडीओ यादवले भने, ‘त्यही भएर अहिले नै कर्फ्यु हटाउने अवस्था छैन।’

गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो। झडपमा परेर ८ जना घाइते भएका छन्। उनीहरुमध्ये एक जनाको अवस्था गम्भी छ।  मलंगवामा उत्पन्न विवाद समाधानको लागि गएको शुक्रबार सीडीओ कार्यालयमा सर्वपक्षिय बैठक बसेको थियो। उक्त बैठकले धार्मिक समूहको नाममा मलंगवामा साम्प्रदायिक सद्‌भाव विथोल्ने ढंगले भइरहेका गतिविधिविरुद्ध कडा रुपमा प्रस्तुत हुन स्थानीय प्रशासनलाई अनुमति दिएको थियो।

सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्व विरुद्ध कडा प्रशासनिक कदम चाल्ने निर्णयसमेत गरेको थियो। बैठकले मलंगवा क्षेत्रका सबै मूर्तिहरु ठाउँमा राखेर विसर्जन गर्ने, घटनाका दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्त्वको पहिचान गरी पक्राउ गर्ने, घटनामा संलग्नहरुको शुक्ष्म ढंगले पहिचान गरी उनीहरुबाटै मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने लगायतका निर्णय बैठकले गरेकाे थियाे।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।