sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:३५
पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे
  • सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागे
  • आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्
  • क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटे
  • भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताए

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् ।आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए ।त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए ।

त्यो भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताएका थिए । फैसला जे आएपनि छिटो आए सहज हुने उनको तर्क थियो ।पूर्व कप्तान समेत रहेका पारसले उनलाई सम्झाए । एसियाडमा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले पनि सन्दीपले गएर खेल्नुपर्ने सचिव खड्काले बताएका थिए । यो छलफलपछि चीन जान राजी भएका सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका छन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid