sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:३६
मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट

काठमाडौं– लमजुङ जिल्ला अस्पतालमा कार्यरत डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका छन्।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षबाट आइतबार राती साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अधिकारीलाई कुटेको अर्का डा. सुदर्शन आचार्यले बताएका हुन्।

बिरामीलाई वार्डमा सार्न मञ्जुरीनामा बनाइरहेका बेला वडाध्यक्ष अश्लील गालीगलौज गर्दै कुटपिट गरेको आचार्यको भनाइ छ।बिरामी भर्ना गरेर राख्दा देशभरका सबै अस्पतालले मन्जुरीनामा बनाउने कानुनी प्रक्रिया रहेको जानकारी गराउँदासमेत वडाध्यक्ष बस्नेतले नसुनेको उनले बताए।

अस्पताल पुगेर नर्ससँग अश्लील शब्द प्रयोग गर्दै होहल्ला गरेपछि बस्नेतलाई डाक्टरले तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा बस्नेतले आफू ‘सभ्य नागरिक’ भएको भन्दै नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेका थिए। अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्सलगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुनः आक्रमणमा उत्रिएका थिए।

अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेतलाई आइतबार राती नै अस्पतालबाट प्रहरीले पक्राउ गरिसकेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid