November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गुनासो सुन्न कोशी प्रदेशमा प्रहरीको क्यूआर कोड

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५२
गुनासो सुन्न कोशी प्रदेशमा प्रहरीको क्यूआर कोड

सर्वसाधरणको गुनासो व्यवस्थापनको लागि क्यूआर कोड सार्वजनिक

बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सर्वसाधरणको गुनासो व्यवस्थापनको लागि क्यूआर कोड सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्यूआर कोड सार्वजनिक गरेका हुन् । गुनासो सुन्नका लागि क्यूआर कोड सार्वजनिक गर्दै उनले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाइने बताए ।

उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालयले क्यूआर कोड प्रयोगमा ल्याएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सबै प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्