July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सुन्तला बेचेरै कमलले कमाए ४० लाख

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १६:१७
सुन्तला बेचेरै कमलले कमाए ४० लाख

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्।

विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन्।

उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ।’

उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन्। उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन्। उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ।

उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए। उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो।’

नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ। महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए। उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो।

उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए। म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए। उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरिद गरी रु एक सय २० सम्म बिक्री गर्ने गरेको सुनाए।

तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन्। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए। जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ।

कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो। उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्