May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

नक्कली श्रमस्वीकृति बनाउने पक्राउ

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:५४
नक्कली श्रमस्वीकृति बनाउने पक्राउ

नक्कली श्रमस्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा घर भई काठामाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाल पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवैलाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। उनीहरुले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ।

भिजिट भिसामा विदेश जान लागेकाहरूका कागजात नक्कली देखिएपछि प्रहरीले अनुसन्धान थाल्दा ती कागजात अजित र विपिनले बनाउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। थप कारबाहीको लागि दुवै जनालाई प्रहरी वृत्त कालीमाटी पठाइएको कार्यालयले जनाएको छ।

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचमा कडाइ गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।