May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सशस्त्र प्रहरीको अशुली धन्दा: समयमा लाईन नबुझाएको तस्करसँग दैनिक लफडा

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८
सशस्त्र प्रहरीको अशुली धन्दा: समयमा लाईन नबुझाएको तस्करसँग दैनिक लफडा

झापा । सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारी बाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काँकरभिट्टामा खटिएका धुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् । डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा खटिएका सहायक हवल्दारहरु देवीभक्त राई र दलबहादुर तामाङ्गले स्थानीय ब्यापारीसँग मासिक लिनुपर्ने घुस वापतको रकम ढिला गरेको भन्दै कुटपिट र लछारपछार गरेको घटना सार्वजनिक भएको छ ।

गत शनिबार मेचीनगर-३ स्थित धर्धरे नजिकै केही महिला र दुई पूरुषहरुविच भनाभन भएको थियो । सो लफडा अरु केही नभई सहायक हवल्दारद्वय देवीभक्त राई र दलबहादुर तामाङ्गले तस्करी गराउन भनि लिएको ५५ हजार रुपैया महिना सकिएसँगै सकिएको र त्यतिनै रकम अग्रिम भुक्तानी नगरेवापत उनिहरुको सामान पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । महिना मरेकोले उनीहरुको तस्करीको सामान समातेको र सोही सामान बचाउनको लागि उक्त स्थानमा समस्या उत्पन्न भएको स्थानिय रमेश भुर्तेले जानकारी दिए । घुमुवा सहायक हवल्दारहरुले अरुबेला आफैँ स्कटिङ्ग गरी तस्करीको सामान धुलाबारीसम्म लान सहयोग गरिदिने गरेकोमा उक्त दिन समात्न खोजेपछि पोके तस्करीमा संलग्नहरुसँग भनाभन शुरु भएको थियो । लफडा शुरुभएपछी घुमुवा देवीभक्त राईले एक महिलाको घुडाँमा छुरी समेत प्रहार गरेका छन् । महिलामाथी हातपात गर्दै अपशब्द प्रयोग गर्न थालेपछी उनिहरुलाई स्थानिय गाँउलेहरुले घेरेर राखेका थिए । काँकरभिट्टाका युवा उपकार प्रधानको सहयोगमा घुमुवा सहायक हवल्दारहरु त्यहाँबाट उम्कन सफल भएका थिए ।

घटना यतिमा मात्र सिमित रहेन । सोही घटनामा उपस्थित रहेका स्थनीय मन्दिप राजवंशीलाई काँकरभिट्टामा सोही दिन रातको ९ः३० वजे सहायक हवल्दार राई र तामाङ्ग सहित नकलबन्दा बोडर आउटपोष्टका सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडाले गुडिरहेको बाइकबाट तानेर लडाए । उनको टाउकोमा हतियार तेर्साएर डिआइजिले उठाउनु भनेको छ भन्दै कुटपिटमा उत्रिए । त्यहाँबाट फुत्कीएका मन्दिप राजवंशीले अन्य साथीहरुलाई घटनाको बारेमा जानकारी गराए र आइतबार दिउसो इलाका प्रहरी कार्यालयमा उजुरी दिन जाने क्रममा काँकरभिट्टा स्थित भट्टराई चोकमा पुनः देवीभक्त राइले मन्दिप राजवंशीको बाटो छेके । सबै देखिरहेका उनका साथीहरु उक्त स्थानमा आएपछि राई दौडदै मेची भन्सार परिसरमा पसे । उक्त क्रममा राइको घुँडामा चोट समेत लागेको पाइएको छ । घटनाको विषयमा बुझ्न आएका काँकरभिट्टा गुल्मका डिएसपी रोहित घिमिरेकै अगाडी उक्त देवीभक्त राईले इलाका प्रहरी कार्यालय परिसरमा महिलाहरुलाई देखाँउदै हातको इसाराले अश्लिल संकेत देखाएका थिए ।

घटनामा उपस्थित पत्रकार मुक्ति पौडेलले राईले अस्वभाविक अश्लिल हर्कत गरेपछि सशस्त्र प्रहरीको गतिविधि नै समाजको लागि अपच्य भएको गुनासो डिएसपी घिमिरेलाई गरेका थिए ।

सई खतिवडा र घुमुवा हवल्दारको शंकास्पद गतिविधि

काँकरभिट्टा गुल्मको एरियामा पर्ने बद्री टोल र चर्च क्षेत्रबाट तस्करी गर्नको लागि स्थानिय व्यपारी राजन खड्का र रञ्जित कट्टेलको लाइन खाएको आरोप डिआइजिका घुमुवाहरुमाथि छ । खड्काले भारतबाट कपडा लगायतको वस्तुहरु तस्करीको रुपमा नेपाल ल्याउन देवीभक्त राईलाई मोटो रकम दिएको बुझिएको छ । यसको लागि रातको समयमा उक्त सामानहरुलाई घुमुवा सहायक हवल्दार दलबहादुर तामाङ्ग, देवीभक्त राई र जिल्लाबाट असइ प्रेम बस्नेतको कमाण्डमा खटिएको टोलिले स्कटिङ्ग गरेर नाका कटाउने गरेको भिडियो समेत प्राप्त भएको छ । उक्त भिडियोमा काँकरभिट्टा गुल्मबाट असुलिमा खटिएका दुई घुमुवा प्रहरी समेत देखिएका छन् । उक्त घटनाको पछाडी सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडा र बराह बाहिनीबाट खटिएका घुमुवाहरुको मुख्य भुमिका रहेको बुभिएको छ । उनिहरुलाई मासिक २ लाख रुपैँया दिएको जानकारी छ । त्यस्तै नकलबन्दा विओपीका सई युवराज खतिवडाले स्थनिय व्यवारीहरुबाट गोरु, बाख्रा तथा सुँगुरको पाठा कटाउन भनी मासिक रुपमा रकम लिने गरेको पाइएको छ ।

डिआइजीको घुमुवा सधैँ विवादमा
घटना नं. १

डिआइजी अञ्जनी कुमार पोख्रेलले पाठाएका घुमुवाहरु सधैँ विवादमा आउने गरेका छन् । गत जेष्ठ ३० गते रातको समयमा डिआइजीले पठाएका घुमुवा सशस्त्र प्रहरी निरिक्षक नवप्रभाव राईले नकलबन्दा बोडर आउटपोष्टका सबै प्रहरी र कर्मचारीलाई मेची नदिमा चोबाल्दै कुट्दै गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटना डिआइजी पोख्रेलले उनिहरुलाई असिमित अधिकार दिएको कारण भएको थियो । उक्त घटनाले सशस्त्र प्रहरीको छविमा समेत प्रश्न उठाएको थियो ।

घटना नं. २

गत साउन ३० गते झापा बाहुण्डाँगी स्थित बौद्धमोडमा रातको समयमा तस्करीको सामान बरामद गरेको क्षेत्रको टोलीले सामान छोडिदिए वापत २ लाख रुपैया लिएको घटना बाहिर आएको थियो । उक्त घटनामा ७ पोका कपडा मध्ये ५ पोका छोडिदिएको र तस्करीमा संलग्न चतुरे नाम गरेका व्यक्तिले सशस्त्र प्रहरीका सहायक हवल्दार विकास श्रेष्ठलाई २ लाख बुझाएको भिडियो तस्कारीमा प्रयोग भएको गाडिका चालकले लिक गरेका थिए । भिडियोमा उक्त रकम जिल्लाका एसपीलाई समेत दिनुपर्ने भनेको सुनिएको छ । घुमुवा श्रेष्ठलाई समेत डिआइजीले पाठाएका थिए । तर, यसमा संलग्न घुमुवा श्रेष्ठ डिआईजिकै संरक्षण रहेको बुझिएको छ

घटना नं. ३

डिआइजीले पठाएको घुमुवा भन्दै एक टोलीले झापा बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा काँकरभिट्टाका महिला व्यापारीहरुसँग १ लाख ५० हजार रुपैया लिएको कुरा समेत सतहमा आएको छ । धुलाबारी देखि विर्तामोडसम्मको जिम्मा बिर्तामोडका एक व्यक्ति लिने र भारतदेखि धुलाबारीसम्म आफूँहरुले दुःख नदिने भन्दै विकास श्रेष्ठकै अगुवाईमा रकम लिइएको थियो । यता, यो सबै घटना थाहा पाएर पत्रकारलाई सुनाएको भन्दै बिकासकै निर्देशनमा मन्दिप राजबंशीलाईफसाउन शसस्त्र प्रहरीको पुरै संगठन नै लागेको जानकारहरु बताउँछन् ।

 

स्रोत :- जनससंद डट कम

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।