sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:४१
कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व
  • कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै
  • अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने
  • अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटे

विराटनगर ।।

नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण विराटनगरमा सारिएको हो । दुई दिनसम्म चल्ने पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटेका छन् । वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङले पनि दाबी छाडेका छैनन् । तर उनी पुन: उपाध्यक्षमा नै दाेहाेरिने सम्भावना छ । बिहीबार प्रदेश कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका थिए । नभए चुनाव हुने उनकाे भनाइ छ । केन्द्रबाट महासेठले खतिवडाकाे पक्षकाे लाइन लिएर आएका छन् । उनीसहित प्रदेशका केन्द्रीय नेताहरु ढकालकाे विपक्षमा छन् ।

एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीले घनश्याम खतिवडाको नाममा सहमति जुटाउन भनेका छन् । तर दुई कार्यकाल माेरङकाे अध्यक्ष बनेका विनोद ढकालले दाबी छाडेका छैनन् । ढकालले पार्टी भित्रको लोकतन्त्रका लागि निर्वाचन गर्नुपर्ने अडानमा छन् । ढकालले दाबी छाडेकाे अवस्थामा भने सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश कमिटी स्राेतले बताएकाे छ । नेताहरुका अनुसार गृह प्रदेश भएका कारण अध्यक्ष ओलीले कोशीमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा छन् । यसअघि उनले बागमतीमा र लुम्बिनीमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर लुम्बिनीमा निर्वाचनबाट नेतृत्व चयन गरियो भने बागमतीमा शुक्रबार मतदान हुँदैछ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid